केही समस्या छ भने समाधान गर्छु: सभापति देउवा

केही समस्या छ भने समाधान गर्छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले, पार्टी भित्रै बेमेलको अवस्था रहेको भन्ने विषयलाई ठाडै अस्वीकार गरेका छन् । पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको मेलमिलाप दिवसका सन्र्दभमा आयोजित चियापान कार्यक्रममा पत्रकारसंग कुरा गर्दै देउवाले, पार्टी भित्र बेमेल नरहेको जिकिर गरे ।

केही असमझदारी हुनु सामान्य भएको जिकिर गरेका उनले ती असमझदारीलाई सम्बोधन गर्दै अगाडि बढिरहेको तर्क गरे ।
मेलमिलाप दिवस बनाउँदै छौँ, पार्टी भित्रै मेलमिलापको चै अभाव देखिएको छ नि भन्ने पत्रकारको प्रश्नमा देउवाले भने ‘त्यो तपाईँले भन्नु भएको छ । तपाईँले भनेको कुरा त सत्य होइन् नी ।

मेलमिलाप गर्न खोजी राख्या छु । केही समस्या छ भने समाधान गर्छु मैले । ’
त्यस्तै देश छोडेर बाहिरिनेको संख्या बढेको विषयमा उनले कसैको पनि रहरलाई रोक्न नहुने तर्क गरे । ‘रहर पुगेपछि उहाँहरु पनि फर्किनु हुन्छ ’ उनले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्