काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपालाई नेता र कार्यकर्ताको नभएर देशको विकास र संमृद्धि चाहने नागरिकको पार्टी बनाउने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले रास्वपाप्रतिको जनविश्वासलाई धर्रमराउन नदिनेमा जोड दिए ।
उनले भने, ‘रास्वपामा लागेर गुनासो गर्नुपर्ने र गल्ती गरेछु भन्ने त्यो दिन कहिल्यै नआउने गरी रास्वपाको केन्द्रमा बसेर यो संस्थालाई पार्टीमा आवद्ध नेता,कार्यकर्ता र सदस्यहरुको मात्र होइन देशको विकास र संमृद्धि चाहने सम्पूर्ण नेपालीको हो । उहाँहरुले कहिल्यै गुनासो र पार्टीमा लागेर गल्ती गरे भनेर महशुस गर्न नपर्ने पार्टी बनाउने विस्वास तपाइँहरुलाई दिलाउन चाहन्छु ।’
उनले उपत्यकाको कला संस्कृति जोगाउन रास्वपा सधैं लाग्ने समेत धारणा राखेका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरले आफ्नो कला संस्कृतिलाई जोगाएर जीवन्त बनाएको भन्दै उनले रास्वपाले उपत्यकाको संस्कृति जोगाउन सधैं लागिरहने बताए ।
रास्वपाका सांसदले सदनमा संस्कृति जोगाउन आवाज उठाउँदै आएको भन्दै उनले भने, ‘तपाइँहरुजस्तै काठमाडौं, ललितपुर र भक्तपुरबासीको कला संस्कृति जोगाइराख्ने त्यो प्रेरणा हामीलाई पनि छ । यहाँका संस्कृतिहरुलाई जोगाइराख्न हर प्रयास गरिरहने छौं ।’