कलाकार प्रकाश घिमिरे घाइते, मणिपाल अस्पतालमा उपचार हुँदै

कलाकार प्रकाश घिमिरे घाइते, मणिपाल अस्पतालमा उपचार हुँदै

पोखरा । चर्चित कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा लँडेर घाइते भइ अचेत भएका उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको गायक विनोद वानियाँले नेपाल अहिलेलाई जानकारी दिए ।

‘प्रेम शेरचन दाइको घर नजिकबाट रहेछ, अहिले सिटि स्क्यानको लागि भित्र लगेको छ, अहिलेसम्म होस आइसकेको छैन, तर, विस्तारै हात चलाउन थाल्नुभएको छ, अगाडि पट्टी खासै घाउ देखिएको छैन, पछाडिपट्टी के भएको छ हेर्न बाँकी छ हामी सबैले प्राथना गरौं’ उनले भने ।

यता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कलाकार घिमिरेको शिघ्र स्वास्थ्यको कामना गरेका छन् ।‘लोकप्रिय कलाकार प्रकाश घिमिरेज्यू आज बिहान नदिपुरमा दुर्घटनामा परी मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाको सिघ्र स्वास्थ लाभको कामना गर्दछु । हस्पिटल प्रशासन तथा सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँदछु । सबै बिशेषज्ञ डाक्टरहरु ईमर्जेन्सीमा पुग्नु भएको छ । हामी सम्पूर्ण पोखरेलीहरुको तर्फबाट यस गम्भीर दुर्घटनामा पर्नु भएका प्रिय कलाकारको उपचारमा साथमा रहेको अनुरोध गर्दै शिघ्र सुधारको कामना गर्दछु ।’ प्रमुख आचार्यले लेखेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्