जापानलाई हराउँदै नेपाल यू १९ एसिया कपमा

जापानलाई हराउँदै नेपाल यू १९ एसिया कपमा

काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।
फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनौट भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।

२५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । डिएल मेथडका आधारमा जापानले जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य पाएको थियो । स्पिनर दिपेश कँडेल र हेमन्त धामीले समान तीन विकेट लिए ।

नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्