राष्ट्रिय समृद्धिको संकल्प पूरा गर्ने शक्ति प्राप्त होस्: मन्त्री साउद

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले चाडपर्वहरु सबैबीचको सद्भाव, एकता र आत्मियताको प्रतीक भएको बताएका छन् ।

शनिबार दशैँको उपलक्ष्यमा शुभकामना सन्देश दिदैँ उनले यो चाडपर्वको अवसरमा राष्ट्रिय समृद्धिको संकल्प पूरा गर्ने शक्ति प्राप्त होस् भन्दै आउँदो बडा दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

उनले भने, ‘बडा दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा देश विदेशमा रहनु भएका दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यी चाडपर्वहरु हामीबीचको सद्भाव, एकता र आत्मियताका प्रतिक तथा माध्यम हुन् । यो अवसरमा हाम्रो राष्ट्रिय समृद्धिको राष्ट्रिय संकल्प पूरा गर्ने शक्ति प्राप्त गर्नुहोस, सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्