भारतीय सञ्चारमाध्यमले भनेजस्तो अवस्था इजरायलमा छैनः मन्त्री भण्डारी

भारतीय सञ्चारमाध्यमले भनेजस्तो अवस्था इजरायलमा छैनः मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भारतीय सञ्चार माध्यममा आएका समाचारहरु जस्तो अवस्था इजरायलमा नभएको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमार्फत् उनले इजरायलमा भएको घटना अप्रत्यासित भए पनि भारतीय सञ्चारमाध्यममा आएका समाचारहरु जस्तो अवस्था भने नभएको बताए ।

‘अहिले इजरायलमा केयर गिभरको लागि पहिले नै सेलेक्सन भएर बसेकाहरूलाई इजरायलले जाने अनुमति दिएकै थियो । त्यो अवस्थामा अहिले सुरक्षित छैन भनेर रोकेका थियौं । नेपालबाट त्यहाँ गएका पत्रकारहरु लाइभ बसेको देखेको थिएँ । यो संवेदनशील विषय हो तर भारतीय सञ्चारमाध्यममा आएका समाचारहरु जस्तो त्यहाँको अवस्था छैन ।’

इजरायलको जुन क्षेत्रमा नेपाली विद्यार्थीहरु थिए, त्यही क्षेत्रमा घटना हुनु दुर्भाथ्य भएको उनले बताए ।

उनले सञ्चारमाध्यममा आउने सानासाना समाचार प्रत्येक नेपाली आमा बुबा, घर परिवारसँग जोडिएको बताए । के समाचार आउँछ त्यसले निकै ठूलो अर्थ राख्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्