काठमाडौं । केन्द्रीय अनुगमन टोलीले, सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भू स्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ ।
बुधबार गरिएको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो ।
मंगलबार मात्रै अनुगमन क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्यालीबाबा सप्लायर्समा सिल गरिएको थियो ।
दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।