काठमाडौं । नेपाल सरकारका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले औषधि व्यवस्था विभागले पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित औषधि व्यवस्था विभागको ४५औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विभागले पुर्याएको योगदान अनुकरणीय रहेको भन्दै अझ संगठित भएर अगाडि बढ्न सकेमा अझै थुप्रै योगदान दिन सकिने बताए ।
उनले भने, ‘औषधि व्यवस्था विभागले पुर्याएकाे योगदान अनुकरणीय छ । अझ संगठित भएर अगाडि बढ्न सक्यो भने अझै थुप्रै योगदान दिन सकिन्छ ।’
उनले विज्ञानले डोहोर्याएर सबैलाई यहाँसम्म ल्याइपुर्याएकाे भन्दै विज्ञान सँगसँगै हिँड्न चुनौती रहेको बताए ।
उनले भने, ‘विज्ञानले डोहोर्याएर हामीलाई यहाँसम्म ल्याएको छ । हामी पनि त्यसमा सँगसँगै हिँड्न पर्ने चुनौती छ । चुनौतीमा नअल्मलिकन हिँडेनौ भने हामी धेरै पछाडि पर्ने छौं ।’
उनले मन्त्रालयस्तरीय समस्या समाधान गर्न संरचनागत कुराहरुको उठान मन्त्रालयमा मात्र सीमित नराखी राष्ट्रिय रुपमै उठान भएको दाबी गरे ।