पोखरा । पोखरामा लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीटोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.ले मंगलबार जानकारी दिए ।
उनीहरुलाई पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोकस्थित सवारी साधन चेकजाँच गर्दा प्रहरीले प्रकाउ गरेको हो ।
पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसमा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको लागू औषध एमफेटामाईन(आईस) जस्तो देखिने पदार्थ फेला पारेको थियो । जसको तौल ३७.५० ग्राम रहेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा बसका चालक जिल्ला गोरखा शहीद लखन गा.पा. वडा नं. ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१५ रामबहारवस्ने वर्ष ३५ का हिरा बहादुर नेपाली, सह-चालक जिल्ला स्याङ्जापुतली बजारन.पा. वडा नं. ५ नयाँबजारबस्ने वर्ष ३८ का विशाल कार्की, सह-चालक जिल्ला स्याङ्जा अर्जुन चौपारीगा.पा. वडा नं. ३ बस्ने वर्ष ४५ का टिकाराम पौडेल र सह-चालक जिल्ला म्याग्दी अन्नपूर्णगा.पा. वडा नं. १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष ३७ का दिपक परियार रहेका छन् ।
उक्त बस सहित नियन्त्रणमा लिइएका चार जनालाई कास्की जिल्ला अदालतबाट अनुमति लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवत्ता वि.क.ले जानकारी दिए ।