पोखरा । पोखरा महानगरपालिका वडा नं १८ मा रहेको सर्वहित बचत तथा ऋण सहकारीको १३ औं साधारण सभा मङ्गलबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सहकारीका शेयर सदस्यहरुले आफ्नै सहकारीमा कारोबार गर्न आग्रह गर्नुका साथै निक्षेपलाई भन्दा बचतलाई महत्व दिन सहकारी संचालक तथा शेयर सदस्यलाई अनुरोध गरेका थिए ।
उनले कर्मचारीले सबै शेयर सदस्य र सहकारीमा आर्थिक कारोबार गर्न आउने जो सुकै संग नम्र व्यबहार गर्नु पर्ने बताए । सहकारीको धर्म भनेको लगानी कर्तालाई सर्वोपरि मानेर काम गर्नु पर्ने बताए ।
संस्थाका संस्थापक अध्यक्ष मित्रमणि तिमिल्सिनाले निक्षप सङ्कलनमा केन्द्रित नभई आफ्नै उत्पादन गरी दीर्घकालिन रुपमा सदस्स्वयहरुलाई स्वारोजगार बनाउन योगदान गर्नुपर्ने बताए । उनले आफ्नै पहिचान सहितको व्यवसायमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी दर्ता शाखाका अधिकृत भरतराज पौडेल, निवर्तमान अध्यक्ष सुर्यप्रसाद तिमिल्सिना (मुना), बलराम कोइराला, अग्निधर त्रिपाठी, दिपेन्द्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
सो अबसरमा कक्षा १२ को परिक्षामा देशभरबाट सर्वोउत्कृष्ट नतिजा ल्यउन सफल सदस्य राजेश पौडेल, सर्वोउत्कृष्ट बचतकर्ताहरु सिता अधिकारी, चन्द्रबहादुर गुरुङ, विमला सुवेदी, महेन्द्बहादुर जिसी, हर्कबहादुर तमाङ, र निराजन खत्री, जेष्ठ सदस्य उजेली तिमिल्सिना र दुर्गादत्त तिमिल्सिना सम्मान गरिएको थियो ।
उनीहरुलाई सहकारीका अध्यक्ष शिव थापा, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, लगाएतले माला, दोसल्ला, नगद र प्रशंसापत्रले समान गरेका थिए ।
संस्थाका अध्यक्ष शिव थापाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले पेन्सन कोष, शेयर सदस्य तथा कर्मचारी हित कोष, प्रबिधि मैत्री सेवा बिस्तार, दुर्घटना तथा स्वास्थ बिमा लगाएतका कार्य गर्दै आएको बताए । साधारणसभामा अध्यक्ष थापाले प्रस्तुत गरेको अध्यक्षको वार्षिक प्रतिबेदन, सहकारीका सचिब बसन्त सुबेदीले पेस गरेको सचिबको प्रतिबेदन र कोषाध्यक्ष चिन्तामणि अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरिएको थियो ।
९ सय ३७ जना शेयर सदस्य रहेको सहकारीले चंखपुरमा र जिरो किमीमा शाखा स्थापना गरि सेवा प्रदान गर्दै आएको छ ।