प्रहरी दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रम

प्रहरी दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रम

रामेछाप । ६८ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा प्रहरीले रक्तदान, निबन्ध लेखन, खेलकुद लगायतका विभिन्न कार्यक्रम गरेको छ । दिवका अवसरमा मंगलबार कार्यालयमा वीरगति प्राप्त गरेका सहिद प्रहरीको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्यामा भएको कार्यक्रममा वीरगति प्राप्त गरेका प्रहरीको स्तम्भमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर नागरिकको सुरक्षा गरेका बताइन् । उनले प्रहरीले समाजको लागि गरेको सेवाकै कारण नागरिकले सुरक्षाको प्रत्याभूति गरेको बताइन ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले मृत्यु कसैको चाहनाको विषय नहुने बताउँदै आफन्तजनको लागि यो झन् जीवन पर्यन्त रहिरहने पीडा भएको बताए । तर प्रहरी संगठनमा लागेपछि मृत्यु पीडा होइन पौरख हो भन्ने कुरालाई शिरोधार्य गर्नुपर्ने उनले बताए । त्यही कुरा शिरोधार्य गरेर प्रहरीले काम गरिरहेको उनको भनाइ छ ।

प्रहरी एक्लैले मात्र धेरै कुरा गर्न नसक्ने बताउँदै उनले प्रहरीलाई सघाउनु सबैको कर्तव्य भएको बताए । प्रहरीलाई सबैले सहयोग गरी समाजमा शान्ति, सुरक्षा कायम गर्न उनले अनुरोध गरे ।

कार्यक्रममा वीर प्रहरी सहिद परिवारलाई सम्मान गर्नुको साथै उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा विजयी खेलाडी तथा निबन्ध लेखनमा विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, सामाजिक अगुवा, व्यवसायी, पत्रकार लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्