गलत सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍यायाे: मन्त्री खड्का

सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैन्: रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍याएकाे बताएका छन् ।

सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजीक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍याउनका साथै लोकतन्त्रको प्राण समेत मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको बताएका हुन् ।

उनले भने,‘सामाजीक सञ्जालबाट हुने गलत भ्रमपूर्ण सूचना प्रवाह र घृणात्मक संवाद लोकतन्त्रको स्वस्थकर अभ्यासले आघात पुर्‍याउने  गरेको सबैले अनुभव गरेको साझा सत्य हो । यस किसिमको सूचना र संवादले लोकतन्त्रको प्राण समेत मानीने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको हुन्छ । त्यस तर्फ सजग हुनुपर्छ ।’

उपप्रधानमन्त्री खड्काले देशमा सूचना प्रविधिको तिब्र विकासले अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए । देशमा सूचना प्रविधिको तिब्र विकासले अवसरसँगै चुनौती सिर्जना गरेको भन्दै राष्ट्रिय सुरक्षाको हिसाबले सो चुनौतीलार्ई नजरअन्दाज गर्न नमिल्ने उनको भनाई छ ।

‘हाम्रो देशमा सूचना प्रविधिको तीब्र विकासले एकातिर बिभिन्न क्षेत्रमा बिभिन्न अवसरहरूको सृजना गरेको छ भने अर्कोतिर केही चुनौती पनि सृजना गरेका छन् । राष्ट्रिय सुरक्षाको हिसाबले दृष्टिगत समेत यसलाई नजरअन्दाज गर्न मिल्दैन्’ उनले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्