ऋचा शर्मा अभिनीत फिल्म ’कौसिद’ प्रर्दशनमा

ऋचा शर्मा अभिनीत फिल्म ’कौसिद’ प्रर्दशनमा

काठमाडौं । फिल्म ‘कौसिद’ प्रदर्शनमा भईरहेको छ । परिवारिक र सामाजिक भोगाइलाई फिल्ममार्फत गम्भिर रुपमा चित्रण गरिएको कुमार भास्कर निर्देशित सो फिल्म प्रदर्शनमा आएको हो ।

यो फिल्म अहिले नेपालभरका विभिन्न सिनेमा हलहरुमा चलिरहेको छ । राजधानीको विभिन्न हलहरुमा फिल्म शुक्रबारबाटै प्रदशर्नमा आएपनि जनकपुरधाम लगायतका फिल्महलमा भने आज आइतबारदेखि चल्न थालेको हो ।

फिल्मका निर्देशक कुमार भास्करले, आफ्नो चलचित्रको कथाबस्तु धेरैले मन पराएको दाबी गरे । ‘जति जना आउनु भयो कथावस्तु चाँहि राम्रो छ, भन्नुभयो । पहिलो फिल्म निर्माताको हिसाबले मलाई पनि जे गरेको छु ठिक छ भन्ने लागिरहेको छ । सामाजिक कथावस्तुमा आधारीत फिल्म हो । मूलुकको शैक्षिक देखि हरेकको घर घर परिवारसँग सम्बन्ध राख्छ ।’

उनले चलचित्रले अहिलेको समसामयीक घटनालाई समेटेको जिकिर गरे । ‘हामीले साढे २ वर्ष अगाडि बनाएको फिल्म भएता पनि शिक्षक आन्दालन मिटरब्याजी पीडित जस्ता सबै कुरालाईं समेटेको छ । यो सामाजिक कथावस्तु भएको फिल्मले सबै नेपालीको मनमा छुन्छ भन्ने थियो। अहिले आएको प्रतिक्रिया हेर्दा त्यहि नै भएको छ।’

फिल्ममा कलाकार भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदिक्षा गौतम, भिर्भिक भट्टराई र सन्दीप लोहनीको पनि मुख्य भूमिका रहेको छ । कलाकार सापकोटाले फरक चलचित्र बनेको जिकिर गरे ।

उनले भने ‘फरक अभिनय गर्दा फरक खालको महशुस हुन्छ र आफैले फिल्म हेरेपछि अझै केहि गर्न बाँकी छ जस्तो लाग्छ । मैले अझै मेहेनत गर्न बाँकि छ जस्तो लाग्छ । अहिलेसम्म राम्रो प्रक्रिया आइरहेको छ दर्शकबाट । आईदिनुहोला मैले गरेको काम हेरेर प्रक्रिया दिनुहोला । ’

बड पिक्चर्सको ब्यानरमा केदार भुसालले निर्माण गरेको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्