काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेलिरहेको छ । बहराइनविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।
जारी खेलको ओभरमा दिपेश कँडेलले विकेट लिए । उनले ऋषभ रमेशलाई आउट गरे । १४ बलको सामना गरेका उनले ६ रनमात्रै जोडे
समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा ५ ओभर सकिँदा बहराइनले ११ रन जोडेको छ ।
यसअघि समूहको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको थियो । बहराइन साउदी अरेबियासँग पराजित भएको थियो । साउदी अरेबिया र इरानबीचको खेल पनि आजै छ । नेपालले समूहको अन्तिम खेल आगामी बुधबार साउदी अरेबियासँग खेल्नेछ ।