हामीले राम्रो काम गर्ने वित्तिकै विरोधीहरूको टाउको दुख्छ: अध्यक्ष ओली

प्रचण्ड र माधवले जनतालाई जुधाएर ताली बजाउँन खाेजे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, आफूहरूले राम्रो काम गर्ने बित्तिकै विरोधीहरूको टाउको दुख्ने गरेको दोर्‍याहोएका छन् ।

शुक्रबार काठमाडौमा आयोजित नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले इमान र सत्यको शत्रु आफ्नो विरोधी रहेका भन्दै समृद्धिको काम गर्ने बित्तिकै तिनीहरुको टाउको दुख्ने गरेको बताएका हुन् ।

उनले भने, ‘ हाम्रो विरोधी भनेकै इमानका शत्रु, सहिको सत्रु र न्यायका सत्रु हाम्रो विरोधी हुन । सबैमा समृद्धि होस भन्ने बित्तिकै तिनीहरुको टाउको दुख्छ पिर पर्छ । यो समाज पिरोलीएको बिथोलिएको स्वार्थी पृष्ठभूमिबाट आएको थिचो मिचो दमनको पृष्ठभूमिबाट आएको समाज छ । यि चुनौतीलाई सामना गर्नुपर्छ ।’

उनले विश्वबाट राजतन्त्र र अधिनायकवादीहरू समाप्त भइसकेको बताए । केहि ठाउँमा अपवादका रुपमा रहेका राजतन्त्र जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेको उनको भनाई छ ।

उनले भने,‘ विश्वबाट राजतन्त्र समाप्त भयो । अधिनायकवादहरु समाप्त भए । केही ठाउँमा अपवादका रुपमा छन् । कुनै ठाउँमा राजतन्त्र छन् भने जनताको शासन र लोकतन्त्र स्वीकारेर बाँचेका छन् । नत्र बच्न सक्दैन । कुनै पनि राजतन्त्र लोकतान्त्रिक पृष्ठभूमिबाट आएको हुँदैन् । ’

अध्यक्ष ओलीले जनवादी केन्द्रीयता बाहेक अर्को कुनै सङ्गठनात्मक सिद्धान्तको निर्माण नभएको दाबी गर्दै भने,‘लेनीनवादी जनसङ्गठनको अब काम छैन भन्छन् । जनवादी केन्द्रीयताको काम छैन् भन्छन् ।

जनवादी केन्द्रीयता बाहेक अर्को कुनै सङ्गठनात्मक सिद्धान्तको निर्माण नै भएको छैन् । अहिले सम्म धर्तीमा जन्म भएको जनवादी केन्द्रीयता सिद्धान्त एकल हो । ’

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्