पार्टीको प्रचार अनलाइमार्फत गर्छौ: उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो औपचारिक वेवसाइट शुक्रबारबाट सञ्चालनमा ल्याएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले वेवसाइटको उद्घाटन गर्दै अब पार्टीका गतिविधि वेवसाइटमा राख्ने र अनलाईनमार्फत पार्टीको प्रचार गर्ने बताए ।

शुक्रबार ललिपुरस्थित पार्टी कार्यालयमा डिजिटल युग अनुसार चल्न वेवसाइट सञ्चालन गरेको बताएका उनले वेवमार्फत आफ्ना पार्टीका गतिविधि बाहिर ल्याउने उल्लेख गरे । उनले छिट्टै पार्टीको प्रचारको लागि अनलाईन सञ्चालन गर्ने जानकारी समेत दिए ।

वेवसाइट, अनलाईन र म्यागजिनबाट पार्टी गतिविधिलाई जनतामाझ पुर्याउने भन्दै उनले थपे, ‘हामी आफैं एउटा टिममार्फत पार्टीका सूचना समाचार,पार्टीको विचारलगायत राष्ट्रिय अन्तराष्ट्रिय कुराहरुलाई लिएर एउटा अनलाईन चलाउने छौं ।

वेवसाइट,अनलाइन र म्यागजिन यी तीन प्लेटफर्मबाट पार्टीका दस्तावेज,नेताका अन्र्तवार्त,वक्तव्य लायतका विविध गतिविधिलाई जनतासम्म पुर्याउँछौ। ’
उनले वेवसाइट सञ्चालनमा आएसँगै रसिद काटेर पार्टी सदस्य बन्ने झन्झटको अन्त्य हुने धारणा समेत राखे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्