कलष्टर नमिल्दा एमाले गण्डकीको निर्वाचन प्रक्रियामा ढिलाई

कलष्टर नमिल्दा एमाले गण्डकीको निर्वाचन प्रक्रियामा ढिलाई

पोखरा । नेकमा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वानच प्रक्रियामा ढिलाई भएको छ । तीन बजेबाट मनोनयन उम्मेदवारी फाराम वितरण र दर्ता हुने भनिएपनि कलष्टर नमिलेको कारण निर्वाचन प्रक्रियामा ढिलाई भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन समितिले कलष्टर मिलाएर त्यसमाथि निर्णय गर्न अध्यक्ष मण्डलमा पठाइसकेको छ । अध्यक्ष मण्डलले त्यसलाई अनुमोदन गरेपछि तुरुन्तै निर्वाचन प्रक्रिया अगाडि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ । यसको कारण मुख्य सेडुयल भने प्रभावित नहुने प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले नेपाल अहिलेलाई बताए ।

निर्वाचन प्रक्रियामा ढिलाई हुँदा मनोनयन दर्ता फाराम लिनको लागि पानीमा  भिज्दै प्रतिनिधिले पर्खिरहेका छन् ।

यस अगाडि पोखरा सभागृहहलमा हिजो साँझबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष नवराज शर्माले पेश गरेको राजनीतिक, आर्थिक र सागंठनिक प्रतिवेदन प्रतिनिधिलाई ८ भागमा विभाजन गरेर छलफल गरी पारित गरिएको थियो ।

 

अधिवेशनले १ सय ६५ सदस्यको प्रदेश कार्यसमिति निर्वाचित गर्नेछ । भोली १७ गते मतदान गरेर भोली नै रिजल्ट सार्वजनिक गर्ने तयारी एमाले गण्डकीले गरेको छ ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी बनेका छन् ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्