विदेश भ्रमणबारे जानकारी गराएरै गएको हुँ : प्रचण्ड

विदेश भ्रमणबारे  जानकारी गराएरै गएको हुँ :  प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेआफू विदेश भ्रमण जाँदा सम्मानीत सदनलाई जानकारी दिएरै गएको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आफू चीन भ्रमण जाँदा जानकारी गराएरै गएको बताए ।

उनले भने, ‘म हरेकपल्ट विदेश प्रमण जाँदा सधै सम्मानीत सदनलाई जानकारी दिएर नै गएको हो । चीन भ्रमण जाँदा पनि मैले जनकारी दिएकै थिएँ । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेको हुनाले मैले भन्नै परेको हो ।’

प्रधानमन्त्री विदेश भ्रमण रहँदा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्