पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सरकारको भूमिका छैन् : गंगा दाहाल

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणाली अन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्वचालित प्रणालीअन्तरगत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पष्ट पारेकी हुन्।

उनले लेखेकी छन्, ‘‘नेपालमा पनि गएको असार ३१ गते बाट पेट्रोलियम पदार्थको मूल्य अन्तर्रािष्ट्रय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गरेको छ, यसमा सरकारको भुमिका नहुने र अन्तर्रािष्ट्रय बजारमा स्वचालित रुपमा मुल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ !

आशा गरौं चाडपर्वको मुखमा मुल्य वृद्धिको कारण जनताको असुविधा प्रति पक्कै सरकारले केही राहत दिने छ ।’’
नेपाल आयल निगमले शनिबार बेलुका अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको भन्दै पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको थियो।
उक्त विषयलाई लिएर आम नागरिकले असन्तुष्टि जनाइरहेका छन् ।

तर, प्रधानमन्त्रीको सचिवालयले भने अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तरगत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पस्ट पारेको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्