सुन तस्करीबारे छानबिन समिति गठन गर्न सहमति

सुन तस्करीबारे छानबिन समिति गठन गर्न सहमति

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि समिति बनाउनेबारे सरकार र प्रतिपक्ष दलबीच सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति जुटेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘तीन महिनाको समयावधी दिएर कार्यदल गठन गर्ने सहमती भएको छ । उच्च अदालतको पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय कार्यदल आयोग बन्दै छ । ’सचेतक बर्तौलाले भने, ‘आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमति भयो ।

आजको संसद बैठकमा प्रधानमन्त्रीले बोल्नुहुने । संसदको बैठक पूर्व नै आयोग घोषणा गर्ने सहमति भयो ।’

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्