एमाले प्रदेश अधिवेशन अन्तरगत कोशी र कर्णालीमा आज निर्वाचन

एमाले प्रदेश अधिवेशन अन्तरगत कोशी र कर्णालीमा आज निर्वाचन

काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ ।

प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ ।
अधिवेशनमा प्रदेशभरिका ६ सय ४ जना प्रतिनिधि रहेका छन् ।

यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षको लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ ।

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्