पोखरा । बागलुङबाट पोखरातर्फ आउदै गरेको ग१ज ६२१३ नम्बरको जीप पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।
चार जना सवार उक्त जीपमा ड्राइभर भने हामफालेर बाँच्न सफल भएका छन् । घटना शनिबार साँझ साढे ६ बजेतिर भएको हो ।
बाढीले बगाउँदा तीन पुरुषसहित गाडीसमेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रहरी निरीक्षक केशव केसीले जनाए । उनका अनुसार जीप र हराइरहेका यात्रुको खोजी कार्य भइरहेको छ । घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी पुगेर खाेजी कार्य गरिरहेका उनले जनाए ।














