एमाले कोशी प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले कोशी प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ ।

अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एकहजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्