एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ गते

एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ गते

जनकपुरधाम। नेकपा एमालेले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ मा गर्ने भएको छ ।

बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत सो पार्टीले मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजानिक गरेको हो ।
२४ गते महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीले समुदघाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधीहरुको सहभागिता रहने भट्टराईले बताए।

पत्रकार सम्मेलनमा एमालेका सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले, विगतको छ वर्षको मुल्याङ्कन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेको दाबी गर्दै यही नारा बोकेर २०८४ को चुनावमा पनि जाने बताए ।

आफुहरुले सरकारको नेतृत्व पाउन नसक्दा मधेश जस्ताको त्यस्तै रहेको भट्टराईको दाबी छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्