कांग्रेस सिध्याउन खोज्नेहरु आफैँ सकिन्छन् : मन्त्री बस्नेत

कांग्रेस सिध्याउन खोज्नेहरु आफैँ सकिन्छन् :  मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री मोहन बहादुर बस्नेतले पछिल्लो समय प्रजातन्त्रमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित विजया दशमी तथा दीपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कांग्रेस बिना प्रजातन्त्र नरहने जिकिर गरे ।

उनले भने, ‘कांग्रेस बिना प्रजातन्त्र रहदैन्, भन्ने कुरा सबैलाई थाहा छ । र नेपालमा अहिले विभिन्न तरिकाबाट प्रजातन्त्रमाथि आक्रामक शैलीमा गतिविधीहरू प्रस्तुत भइरहेको बेला सबै व्यक्तिहरु एक ढिका भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ ।’
उनले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरु आफै समाप्त भएर जाने तर्क गरे ।

उनले भने, ‘कांग्रेस भित्र भएकाले पनि कसैले कमजोर बनाउन सक्दैन । र कांग्रेस बाहिर रहेकाले पनि सिध्याउन सक्दैनन् जो जो कांग्रेस विरोधी बनेर आउँछन् । हिजो पनि सिद्धिएका छन् । आज पनि सकिन्छन् । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्