अफसिजनलाई पनि ब्रान्डिङ गर्न सकिने : किराती

पर्यटन ऐन संशोधन गर्न आवश्यक : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासका नाममा गाउँ गाउँमा बाटो पुर्याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
बुधबार ४४ औं पर्यटन दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘विकासको नाममा गाउँगाउँमा बाटो पुर्याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्छ । योजनाबद्ध ढंगले काम गर्ने हो । हाम्रो न ढंग न रंग । हाम्रो न पुँजी न प्रविधि त्यसैले हामी पछि परेको पर्यै र्छौ ।’

उनले देशलाई समयमै बुझ्न सक्नुपर्ने बताएका छन् । पर्यटनको विकास ५ वर्षमा निकै नै राम्रो गर्न सकिने तर आफ्नो कुरा कसैले नसुनेको उनको भनाई छ ।

उनले भने, ‘मैले भनेको कसैले बुझ्दैनन् । नबुझेर नै आज झगडा परिरहेको छ ।’

उनले पर्यटन क्षेत्रलाई अगाडि बढाउन अफसिजनलाई पनि ब्रान्डिङ गर्न सकिने तर नेपालमा अफसिजन भनेर झिङगा मारेर बस्ने गरेको बताए ।

उनले नेपालमा एउटा व्यवसायीले एउटा व्यवसाय दर्ता गर्न ७ वटा मन्त्रालय २२ वटा विभाग २ सयवटा टेवलमा जानुपर्ने प्रवृत्ति भएको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्