संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छः लेखक

कांग्रेसले समितिको बाँडफाड गरेर ऐतिहासीक काम गर्‍यो : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने बताएका छन् ।

बुधबार बसेको पार्टीको संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने भन्दै त्यसबारे छलफल गरी सदनमा लाने बताए ।

उनले भने, ‘सबै कुरामा संविधान नै संशोधन गर्नुपर्छ भन्ने छैन । संविधान संशोधन नगरेर पनि पूरा गर्न सकिन्छ । शिक्षकका मागहरु पुरा गर्न सकिन्छ । त्यसबारे छलफल गरेर हामी सदनमा लान्छौ ।’

उनले एमालेले महिनौं संसद अवरोध गर्नाले दर्ता गरेका विधेयक समेत अगाडि बढ्न नपाएको टिप्पणी गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्