पोखरा । उपचारको क्रममा सोमबार मणिपाल शिक्षण अस्पतालमा निधन भएकी लमजुङ सुन्दरबजार न.पा. वडा नं. ६ की बर्ष ५७ की सुक माँया दुराका आफन्तले उपचारमा सम्लग्न चिकित्सक माथि कारवाहीको माग गर्दै बुधबार पोखरा बन्दको आव्हान गरेका छन् ।
उपचारमा डाक्टरको लापरबाही भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न तथा दोषी चिकित्सकमाथी कारबाहीको माग गर्दै उनीहरुले पोखराको मुख्य बजारहरु महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, पृथ्वीचोक लगायतका क्षेत्रमा सटर तान्दै बजार बन्द गराउदै हिडेका छन् । उनीहरुले आव्हान गरेको बन्दका कारण पोखराको मुख्य बजारमा सवारी आवागमन समेत प्रभावित भएको छ ।
बन्दका कारण कुनै अप्रिय घटना हुन नदिनको लागि प्रहरीले सुरक्षा सतर्कता अपनाएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले नेपाल अहिलेलाई बताए ।















