नेपाल यू–१९ साफ च्याम्पियन्सिपको सेमिफाइनलमा

नेपाल यू–१९ साफ च्याम्पियन्सिपको सेमिफाइनलमा

काठमाडौं । मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो। पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अंकमा तालिकाको पुछारमा रहँदै समुह चरणबाटै बाहिरिएको छ।

सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ। आजै हुने समूह बीको अन्तिम खेलमा भारत र भुटान भिड्दैछन्।
नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।

खेलको ३४ औं मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए। नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे। भने मालदिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेपछि भएको झगडामा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए। खेलको ८८ औं मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए।

इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि नेपालले ४ —१ जित निकालेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्