काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको हो। नेपालले पहिलो हाफमा दुई गोल गरेको छ । नेपालका लागि १८ औं मिनेटमा प्रशान्त लकसम र ३०औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् ।
गत बिहीबारदेखि सुरू भएको खेल असोज १३ गतेसम्म हुनेछ ।















