असम्बन्धित विषयमा छलफल गर्न बोलाएको भन्दै गृहमन्त्रीको आक्रोश

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असम्बन्धित विषयमा छलफल गर्न बोलाएको भन्दै आक्रोश पोखेका छन् ।

आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैकमा उनले सदासयता देखाएर मात्र आफू आएको बताए ।

‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्दतिमा चल्नु पर्‍यो । म आएको बेलामा सधैं यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ हो भन्ने हुन्छ र !’

उनले अर्को निकायले पेश गरेको विधेयकमाथि छलफलका लागि अनावश्यक रुपमा आफूलाई बोलाएको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्