काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनको मतगणनामा ७५ मत गणना हुँदा पारसले ४३ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्धन्द्धी प्रशान्त विक्रम मल्लले ३२ मत पाए।
शनिबार भएको निर्वाचनको मतगणनामा कुल खसेको ८५ मतमध्ये प्रशान्तलाई ३७ मतमा रोक्दै पारसले ४८ मत ल्याएर जित हासिल गरेका हुन् ।
पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।
उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।















