सरकारको लडाईँ देश खोक्रो बनाउने विरुद्ध हो : गृहमन्त्री

सरकारको लडाईँ देश खोक्रो बनाउने विरुद्ध हो :  गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रष्ठले सरकारको लडाईँ, काम नै नगरी देश खोक्रो बनाउनेविरुद्ध भएको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रर्वद्धनका चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले पुँजीपति वर्ग विरुद्ध नभई भ्रष्टचारविरुद्ध भएको बताए ।

‘जसले काम नै नगरी सम्पत्ति आर्जन गरेर यो देशलाई खोक्रो बनाउने काम गरिरहेका छन्, त्यसैको विरुद्धको लडाई हो । भ्रष्टाचार विरुद्धको शुसासनका लागि हो । पुँजीपति वर्ग विरुद्ध हैन् । ठुला व्यवसायी विरुद्ध होईन ।’

उद्योग व्यवसायीहरुको लागि काम गर्ने व्यवस्थित वातावरण बनाउन आवश्यक भएको बताएका उनले राष्ट्रिय पुँजी उत्पादन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।

उनले लगानी नगरी शक्ति प्रयोग गरेर देशको अर्थतन्त्रलाई खोक्रो बनाउने र पैसा जम्मा गर्ने संस्कृतिलाई ध्वस्त बताउने घोषणा गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्