कानून निर्माणमा ठोस कदम चाल्न सांसद मगरकोआग्रह

कानून निर्माणमा ठोस कदम चाल्न सांसद मगरकोआग्रह

काठमाडौं । राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले, संविधान अनुसार बन्न बाँकी १ सय ८१ वटा कानून निर्माणमा ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

छलफलमा राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा भाग लिँदै मगरले, हामीले लिष्टीङ गरे अनुसार १ सय ८१ वटा कानूनहरु बनाउनु पर्ने छ ।’ उनले भने ‘यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु । ’

त्यस्तै बन्नै पर्ने कतिपय कानून बन्न बाँकी रहेको र बनेका कानूनसमेत काम नलाग्ने भएको भन्दै उनले त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्