आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएर माफी माग्न प्रचण्डको निर्देशन

आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएर माफी माग्न प्रचण्डको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी गल्तिलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियानमार्फत् जनतामाझ गएको बताएका छन् ।

शनिबार बिहान ‘जनतासँग माओवादी’ विषेश रुपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेपाली समाजको परिवर्तका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएकाप्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरु सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफि माग्न निर्देशन समेत गरे ।

उनले भने, ‘हामीले जनतालाई विस्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रुपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ । कमरेडहरु जनतासँग हामीले भन्न सक्नुपर्छ हाम्रा गल्ति कमजोरीका लागि हामी आत्माआलोचित हुन चाहान्छौ । हामी सुध्रिन चाहान्छौ । त्यसका लागि अभियानसहित तपाइँहरुको घरदैलोमा छौ ।’

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्