कवाली शैलीको गीत ’जमाना छ मोबाइलको’ सार्वजनिक

कवाली शैलीको गीत ’जमाना छ मोबाइलको’ सार्वजनिक

काठमाडौं ।  गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ’जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ ।  प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

तीव्र गतिमा प्रविधिको विकास भएसँगै  मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति  बढाएको छ । विभिन्न  घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ । यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो।

भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ।  गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्।  पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ’गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्