धादिङको रुबि भ्यालीमा २२ फिट अग्लो शिव मूर्ति

धादिङको रुबि भ्यालीमा २२ फिट अग्लो शिव मूर्ति

धादिङ । धादिङको रुबि भ्याली गाउँपालिका ४ बोराङ थालगाङ डांडामा भगवान शिवको मूर्ति स्थापना गरिएको छ ।

२२ फिट अग्लो ७०० टन  तौल भएको ढुङ्गाबाट निर्माण गरिएको भगवान शिवको मूर्तिको बिहीबार सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजबाट समुद्घाटन तथा प्राण प्रतिस्थापन सम्पन्न भएको छ ।

मूर्ति समुद्घाटनका अवसरमा कालीदासी महाराजसँगै आएका भारतीय पाहुनाहरु,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापा, बोर्डका सदस्यहरु,कोष परिवार र यस कार्यमा बिशेष योगदान गर्ने फिलिम तामाङको उपस्थिति थियो ।

उदघाट्नका अवसरमा भेला भएका अतिथिहरुलाई गाउँका मुखियाहरु,गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष /सदस्यहरु,लामा/झाक्रीहरु, विद्यालयका शिक्षक /विद्यार्थीहरु  र गाउँलेहरुले परम्परागत शैलीमा भब्यस्वागत गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्