काठमाडौंको संस्कृति भएन भने बनारश अधुरो हुन्छ : मन्त्री साउद

काठमाडौंको संस्कृति भएन भने बनारश अधुरो हुन्छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो भने सौहार्दता कायम नहुने बताए ।

काठमाडौंको संस्कृति भएन भने बनारश अधुरो हुन्छ । बनारशलाई काठमाडौंसंँग जोड्न सकेनौं भने काठमाडौंका संस्कृति अधुरो हुन्छ । हामी सबै जना सांस्कृतिक एवं भाषागत रुपमा एकअर्कासँग जोडिएका छौं ।

नेपाललाई केन्द्र बनाएर महोत्सवको आयोजना गरिएकोमा आयोजक सबैलाई आभार प्रकट गर्दै उनले कलिङ साहित्य महोत्सवलाई जनतासम्म पुर्‍याउन सके सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्