बागमती नदीमा ४५ र्‍याफ्टिङले २५ किमि दूरी पार गर्ने

बागमती नदीमा ४५ र्‍याफ्टिङले २५ किमि दूरी पार गर्ने

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले बागमती नदीमा  र्‍याफ्टिङ र्‍याली कार्यक्रम गर्ने भएको छ । र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा वागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले  र्‍याफ्टिङ र्‍याली हुने भएको छ ।

र्‍याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा वागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यका साथ भदौं १६ गते  र्‍याफ्टिङ र्‍यालीको आयोजना गरिएको समितिले जनाएको छ  ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ र्‍याली कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

उनले भने, ‘जिल्ला समन्वय समिति काठमाडौंले वागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको छौं । ’

र्‍याफ्टिङ र्‍याली शनिबार बिहान ७ः३० देखि सुन्दरीजलबाट सुरु भई बेलुका ५ बजे चोभारमा समापन गर्ने कार्यक्रम रहेको छ । र्‍यालीमा  कुल ४५ वटा बोटले  २५ किलोमिटरको दूरी पार गर्नेछन ।

प्रत्येक ढुङ्गामा एउटा गाइडसहित ६ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्