काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको र देशका पहाडी भूभागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ,भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकोपबाट हुन सक्ने जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।