राष्ट्रपति पौडेलले राजदूत थापालाई दिलाए सपथ

राष्ट्रपति पौडेलले राजदूत थापालाई दिलाए सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्यूयोर्कको राजदूत एवं स्थायी प्रतिनिधिमा नियुक्त लोकबहादुर थापालाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

बुधबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारको उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्