सहकारी क्षेत्र सुझाव कार्यदलको म्याद एक महिना थप

२ अर्ब ६२ करोड ऋण प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन

काठमाडौं । सरकारले सहकारी क्षेत्र सुझाव कार्यदलको म्याद थप गरेको छ । २०८० को म्याद भदौ २६ गतेबाट लागू हुनेगरी एक महिना थप गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराइन् ।

सरकारले नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ । बुधबार भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै शर्माले उक्त स्वीकृति दिइएको बताइन् ।

साथै, विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०,संघीय संसदमा पेस गर्न स्वीकृति  दिएको छ ।

त्यस्तै, अरुण ३ जलविद्युत परियोजना निर्माणको क्रममा उत्पादन हुने वेस्ट म्याटर डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वरी साइटको संरचना निर्माण गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सरकारले विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा डा.सनत कुमार शर्मालाई नियुक्ति गर्ने लगायत विविध २० वटा निणर्य गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्