सार्कका महासचिव विराकोनसँग राष्ट्रपति पौडलको विदाई भेट

सार्कका महासचिव विराकोनसँग राष्ट्रपति पौडलको विदाई भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव इसाला रुवान विराकोनसँग विदाई भेट गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा पौडेलले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरुबीच सहकार्य र समझदारी आवश्यक रहेको बताए ।

समझदारीबाट नै सदस्य राष्ट्रहरुबीच उपयुक्त वातावरण बन्ने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे ।

भेटमा आफ्नो कार्यकाल पूरा गरेर फर्कन लागेका महासचिव विराकोनले सार्कको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्