एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने

एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुल्तान स्टेडियममा भएको टसमा टस जितेको पाकिस्तानले ब्याटिङ रोजेको हो ।

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेसंगै नेपालले बलिङको निम्तो पाएको छ ।

नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

पाकिस्तानको प्लेईङ–११मा  बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्