समितिहरुलाई पारदर्शी बनाउँन सभामुखको आग्रह

समितिहरुलाई पारदर्शी बनाउँन सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तरगतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूलाई समितिहरुलाई पारदर्शी बनाएर लान आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल कार्यक्रममा सभामुख घिमिरेले समितिको काम कारवाहीसहित विषयमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने,समितिहरुलाई प्रभावकारी बनाएर लान सबैले आफ्नो आफ्नो ठाउँबाट काम गर्नुपर्छ । त्यसको लागि छलफल गर्दै अगाडि बढ्नु पर्छ । ’ प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्वसम्मतिबाट निर्वाचित भएका थिए ।

सभापतिहरु देशको आर्थिक अवस्था नाजुक भएको समयमा आफुहरुले देशलाई साक्षी राखेर काम गर्ने बताएका छन् ।
उनले भने ‘ आर्थिक अवस्था नाजुक छ । र निर्यात कमजोर छ । यसबाट पार पाउन देशलाई साक्षी राखेर काम गर्नु पर्ने अवस्था भएको हुनाले हामीले काम गर्ने विषयमा छलफल गरेका छौ । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्