जिप दुर्घटना अपडेट : मृत्यु भएकाको पहिचान खुल्यो, घाइतेको उपचार हुँदै

पाल्पामा जिप माथि ढुंगा खस्यो, तीन जनाको ‘निधन’

काठमाडौं ।   पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि पहिरो खस्दा निधन भएका तीन जनाकै पहिचान खुलेको छ ।

तानसेन नगरपालिका ११ बन्दीपोखराका  प्रहरीमा कार्यरत ४२ वर्षिय  यमबहादुर बोहोरा, गुल्मीको रेसुङ्गा नगरपालिका-७ की ५० वर्षिय मनकला चुँदार र  पोखरा महानगरपालिका-२५ हेम्जाका ३१ वर्षिय विनोद तिम्सिनाको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रालिको जिप बुधबार बिहान पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला ढुंगा सहितको सुख्खा पहिरोमा च्यापिएको प्रहरीको भनाइ छ।

घाइते सात जनाको तानसेन पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । जिपका चालक बालकृष्ण श्रेष्ठ सकुशल रहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्