काठमाडौं । चर्चित हाँस्य कलाकारहरुले यस वर्षको गाईजात्रा पनि नेपाल प्रज्ञा भवन गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाँस्यकलाकारहरुले १४ गतेदखि १७ गतेसम्म प्रज्ञा भवनमा गाईजात्रा प्रस्तुत जानकारी दिएका हुन् ।
जात्रा ब्रान्ड वर्थ प्रा. लि. को आयोजनामा हुने गाईजात्राको तयारी अन्तिम चरणमा पुगेको प्रा.लि. का प्रोपाइटर मोहन गजुरेलले बताए ।
आफूले गरेको यो गाईजात्रा चौथो पुस्तासँगको भएको बताउँदै उनले पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइँदिने बताए ।
‘मैले गरेको गाईजात्रा हो, चौथो पुस्तासँगको गाईजात्रा हो । राजपाल हाडा दाई, मोहन दाई, हरि दाई, सन्तोष दाई तीते जिरे मेरीबास्सै र यो समेत गरेर मेरो यो चौथो पुस्तासँगको गाईजात्रा हो । पुस्ता कसरी हस्तान्तरण हुन्छ भनेर हामी नेताहरुलाई देखाईन्छौं,’– उनले भने ।
संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको प्रमुख उद्देश्य भएको उनको भनाई छ ।
हाँस्यकलाकार शैलेन्द्र सिंखडाले गाईजात्रा डबलीबाट रङ्गमञ्चमा २०३३ सालमा पुगेको बताए । उक्त काम सत्यमोहन जोशीले गरेको उनले स्मरण गरे । आफूले २०३७ सालबाट गाईजात्रा गर्ने गरेको भएपनि बीचमा कोरोनाको कारण दुई वर्ष डिजिटल माध्यमबाट गाईजात्रा देखाएको बताए । ‘मैले २०३७ सालबाट गाईजात्रामा कार्यक्रम गरेको, अहिलेसम्म निरन्तरता थियो । कोभिडको कारणले दुईवर्षबीचमा छुट्यो । त्यो छुट्दा पनि ब्रान्ड वर्थ प्रा.लि. ले डिजिटल माध्यमबाट दर्शक समक्ष पुर्याउने काम गर्यो,’– उनले भने ।
कार्यक्रम प्रज्ञा भवनमा १४ गते दिउँसो र बेलुका गरी दुई शो, १६ गते एक शो र १७ गते दुई शो मा प्रस्तुत हुनेछ । कार्यक्रममा वरिष्ठ संगितकार टीका भण्डारी, हाँस्यकलाकारहरु सुवोध गौतम, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल, रुविना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।