सभामुख घिमिरेले संसदीय समिति सभापतिसँग परार्मश गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तरगत नवनिर्वाचित संसदीय समितिका सभापतिहरूको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले आज (बुधबार) बिहान ११ बजे संसद सचिवालय सिंहदरबारमा रहेको कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल कार्यक्रम राखेका हुन् ।

छलफल समितिको काम कारवाहीसहित विषयमा हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिका सभापतिहरू निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोजनु भएको हो ।’

प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्वसहमतिबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्