काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसहित समाजवादी मोर्चाका शीर्ष नेताहरु आज धनगढी जाने भएको छन् । मोर्चाको पूर्वर्निधारित कार्यक्रम(सन्देश सभा)मा सहभागि हुन उनीहरू धनगढी जान लागेका हुन् ।
भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरियसभा भोलि अर्थात भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ । यसअघि हिजो उनीहरुले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो ।