कांग्रेसले समितिको बाँडफाड गरेर ऐतिहासीक काम गर्‍यो : लेखक

कांग्रेसले समितिको बाँडफाड गरेर ऐतिहासीक काम गर्‍यो : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको प्रयासमा समिति सभापतिको भागबण्डा मिलेको दाबी गरेको छन् ।
मंलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले संसद सबैको थलो हो भन्ने मान्यता अन्तरगत कांग्रेसले समितिको बाँडफाड गरेर ऐतिहासीक काम गरेको दाबी गरे ।

उनले भने, ‘संसद सबैको थलो हो भन्ने रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता अन्तरगत हामीले समितिको बाँडफाड गरेको हो । यसमा अहिलेको गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रयास र प्रयत्न गरेको हो । र त्यहि अनुसार समिति बाँडफाड भएको हो । हामीले यो ऐतिहासीक अभ्यास प्रारम्भ गर्‍यौं ।’

उनले लोकतन्त्रको मजबुदको लागि र संविधानको रक्षाको लागि राजनीति दलहरुको बीचमा निरन्तर संवाद सहमति र सहकार्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्